दार्चुला जिल्लामा विद्युतिकरणका लागि कुलमान घिसिङलाई ज्ञापन

२ बर्ष अघि

२0७९ असार २ बिहीबार

दार्चुला जिल्लामा विद्युतिकरणका लागि कुलमान घिसिङलाई ज्ञापन

दार्चुला ।दार्चुला जिल्ला भरि रहेका स्थानीय तहहरुमा विद्युति करणका लागि जनप्रतिनिधिहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निदेर्शक कुलमान घिसिङलाई ध्यानाकर्षण गरेका छन ।

विहिबार नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय पुगि दार्चुलाका जनप्रतिनिधिहरुले दार्चुला जिल्लाको ९ वटै स्थानीय तहहरुमा विद्युतिकरण गर्न  सामुहिक रुपमा ज्ञापन पत्र बुझाएका हुन ।

दार्चुला जिल्लाका विभिन्न पालिकाहरुमा रहेका ग्रामिण वस्तीहरुमा विद्युतिकरण गर्न बाँकिरहेकाले यथासिग्र सबै वस्तीमा विद्यूत विस्तारमा सहयोग गर्न आग्रह सहित सामुहीक निबेदन दिएको मालिकार्जुन गाँउपालिकाका अध्यक्ष हिरा सिह धामीले जानकारी दिनु भयो ।

जिल्लाको ९ वटै पालिकाहरुमा रहेका ग्रामिण वस्तीहरुमा विद्युतिकरण गरिनु पर्ने , विद्युतिकरणका लागि दार्चुला जिल्लामा कर्मचारी अभाव भएकाले दक्ष जनशक्तीको व्यवस्थापन मिलाउनु पर्ने र तारल पोलहरु तथा अन्य सामाग्रीहरु यथासिर्घ उपलब्ध  गराई विद्युतिकरणमा सहयोग गर्न माग गरिएको नेकपा एमालेका पोलिटब्युराे सदस्य  तथा पुर्व मन्त्री गणेश सिह ठगुन्नाले बाउनु भयो ।

उक्त कार्यक्रममा महाकाली नगरपालिका प्रमुख नरसिह चौसिर, शैल्यशिखर नगरपालिका प्रमुख विजय सिह धामी, मालिकार्जुन गाँउपालिका अध्यक्ष हिरासिह धामी , व्यास गाँउपालिका अध्यक्ष मंगलसिह धामी लगाय नेता कार्यक्रताहरुको सहभागितामा सामुहिक ज्ञापन पत्र बुझाएका छन ।

विद्युतिकरणका लागि शैल्यशिखर नगरपालिकाको पनेवाँझ, किड्यापातल उल्लानी , वसखेत सेतिकला लगायत वडा नम्बर ४ पुरैमा र मालिकार्जुन गाँउपालिका वडा नम्बर ३ खालिडाँडा मलबाव, भगवती, सेलिचमा , महाकाली नगरपालिका नगरपालिकाको केही क्षेत्र, दुहुँ गाँउपालिका, व्यास गाँउपालिका , नौगाड गाँउपालिका, मार्मा गाँउपालिका, अपिहिमाल गाँउपालिका र लेकम गाँउपालिका क्षेत्रको विद्युतिकरणमा छिटै पहल चाल्ने कार्यकारी निर्देशक कुलमान घिसिङले अस्वासन दिएका छन ।