जिससमा निर्वाचित पदाधिकारीहरुद्धारा सपथ ग्रहण

२ बर्ष अघि

२0७९ असार १ बुधबार

जिससमा निर्वाचित पदाधिकारीहरुद्धारा सपथ ग्रहण

दार्चुला । जिल्ला समन्वय समितिमा निर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । जिल्ला समन्वय समितिको हलमा दार्चुला जिल्ला अदालतका जिल्ला न्यायाधीश कोमल प्रसाद आर्चायले बुधबार समन्वय प्रमुखलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो । यस्तै जिल्ला समन्वय समितिका प्रमुखले उपप्रमुखका साथै अन्य पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।

 गत जेठ ३० गते भएको जिल्ला समन्वय समिति दार्चुलाको प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू ९कश्यप० विजयी भएका छन् भने सत्ता गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका बडू प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन् । सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका पुस्करसिंह धामी, खडकसिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्य सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित भएका छन्।

यस्तै महिला सदस्यमा नेकपा माओवादी केन्द्रका असमती टमटा र गौरी टमटा निर्वाचित भएका छन्।दार्चुलामा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रले ४ गाउँपालिका अध्यक्ष र २ पालिकाको उपाध्यक्ष जितेको थियो । कांग्रेसले भने ५ पालिका उपप्रमुख÷उपाध्यक्ष जितेको थियो । गठबन्धनबाट ५ पालिका प्रमुख÷अध्यक्षमा उम्मेदवारी दिएको कांग्रेसले एउटा पनि जितेको थिएन । पाँच पालिका प्रमुख÷अध्यक्ष तथा २ पालिका उपप्रमुख÷उपाध्यक्ष जितेको एमालेका उम्मेदवार भने जिसस निर्वाचनमा पराजित भएका छन ।  एमालेबाट दार्चुला जिल्ला समन्वय समिति प्रमुखमा पुरनसिंह बुढाथोकी र उपप्रमुखमा नारन्ती तोली महतालाई उम्मेदवार बनाइएको थियो ।