काठमाडौ । पाठ्यक्रममा वर्णभेद र सस्कृतिको अपमान गर्ने सम्मका गतिविधिहरु भेटिएको छ । बालबालिकालाई पढाइने अंग्रजीको राम्री र नराम्रीमा दुई महिलाको चित्र बनाइएको छ । जसमा एक महिला गोरो वर्णकी छिन् । उनलाई राम्री भनिएको छ । अर्को महिला कालो वर्णकी छिन् । उनलाई कुरुप भनिएको छ । राम्री भनिएकी महिला आधुनिक पहिरनमा खैरो कपाल भएकी छिन् । उनको कपडा हरियो र टीका पनि कालो छ । कुरुप भनिएकी महिलाको पहिरन परम्पारगत हिन्दू महिलाको छ । उनले रातो टीका लगाएकी छिन् भने कपाल कालै छ । कपडा पनि रातो रङ्गको छ । पाठ्यक्रममा ई बाट ईशा भनी इशाई धर्मका प्रभुलाई प्रार्थना गरिरहेको देखाइरहेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहँदा पछिल्लो समय पाठ्यक्रममा राम्री र नराम्रीको व्याख्या पनि विभेदकारी देखिएको छ ।