नेपाल विद्युत् प्राधिकरणले भारतलाई ३ सय ६४ मेगावाट बिजुली निर्यात गर्ने

२ बर्ष अघि

२0७९ असार १ बुधबार

नेपाल विद्युत् प्राधिकरणले भारतलाई ३ सय ६४ मेगावाट बिजुली निर्यात गर्ने

काठमाडौं । केही समयअघि भारतले ६ वटा आयोजनाबाट गरी ३६४ मेगावाट निर्यात गर्न नेपाललाई अनुमति दिएको थियो । जसअनुसार भोलि ९शुक्रबार० देखि नेपाल विद्युत् प्राधिकरणले भारतलाई ३६४ मेगावाट बिजुली निर्यात गर्ने भएको छ ।

प्राधिकरणले बिहीबार भने ३१२ मेगावाट बिजुली निर्यात गरेको र यसबाट करिब सात करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

मनसुन सुरु भएपछि दैनिक रुपमा बिजुली उत्पादन भइरहेको बताउँदै घिसिङले ट्वीट गर्दै भनेका छन्, ‘दैनिक रुपमा औसतमा सात करोड रुपैयाँको बिजुली निर्यात भइरहेको छ ।’

नेपालले बिहीबार सात हजार ६ सय ८८ मेगावाट घण्टा ९७६ लाख ८८ हजार युनिट० विद्युत बिक्री गरेको छ । भारतले सुरुमा त्रिशुली र देवीघाट ९कूल ३९ मेगावाट० को बिजुली निर्यात गर्न अनुमति दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै थप चारवटा आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न सहमति दिएको थियो ।

प्राधिकरणले बिहान र बेलुकी अत्यधिक खपत हुने समय ९पिक० मा कम र पिक बेगरका समयमा धेरै परिमाण विद्युत निर्यात गर्दै आएको छ । हाल जडित क्षमता २२ सय मेगावाट भए पनि कुलेखानीको एक सय चार मेगवाट भने चौबीसै घण्टा उत्पादन हुँदैन । नेपालमा हाल चौबीसै घन्टा करिब १६ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । देशको विद्युत् खपत ९पिकमा० १५५० मेगावाट छ ।

भारतको प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेञ्ज ९आईईएक्स० का हरेक १५ मिनेटको अवधिमा ९० वटा ब्लकमा बिजुली कारोबार हुने गर्छ । नेपालले अधिकतम बिजुली मूल्य प्रतियुनिट १२ भारु ९१९ रुपैयाँ