मतदाता नामावली संकलन तथा अद्यावधिक आजदेखि

२ बर्ष अघि

२0७९ असार १ बुधबार

मतदाता नामावली संकलन तथा अद्यावधिक आजदेखि

काठमाडौ । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आजदेखि सञ्चालन हुदै छ । । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाएको हो ।

आयोगले कुनै पेशा, व्यवसाय वा अन्य कुनै कारणले एक जिल्लामा बसोबास गरिरहेका नागरिकले उसको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाबाटदर्ता गर्न सक्ने व्यवस्था गरेको हो ।

यस्तै मतदाताले मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विविवरण सच्याउनलाई प्रमाणदसहित निवेदन दिनु पर्ने आयोगले जनाएको छ । आयोगका अनुसार मतदाताले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेमा कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारीले छानबिन गरी उक्त नाम हटाउन सक्नेछन् ।