कारको डिकीमा स्रोत नखुलेको २ बोरा पैसा, चार चिनियाँ नागरिक सहित ५ जना पक्राउ

२ बर्ष अघि

२0७९ जेष्ठ ३१ मंगलवार

कारको डिकीमा स्रोत नखुलेको २ बोरा पैसा, चार चिनियाँ नागरिक सहित ५ जना पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गामा कारको डिक्कीमा स्रोत नखुलेको २ बोरा नगद भेटिएको छ। नुवाकोटबाट काठमाडौं आउँदै गरेको कार जाँचका क्रममा स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ नगद भेटिएको हो।

ठूलो परिणाममा स्रोत नखुलेको रकम भेटिएपछि प्रहरीले ५ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन्। मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।