नेपाली विद्यार्थीलाई मुम्बई विश्वविद्यालयको आकर्षण बढ्दो

२ बर्ष अघि

२0७९ जेष्ठ ३१ मंगलवार

नेपाली विद्यार्थीलाई मुम्बई विश्वविद्यालयको आकर्षण बढ्दो

काठमाडौं । नेपाली विद्यार्थीहरू उच्च शिक्षाको लागि भारतको मुम्बई विश्वविद्यालयमा पुग्ने गरेका छन्। मुम्बई विश्वविद्यालय भारतको सबैभन्दा पुरानो र प्रमुख विश्वविद्यालयहरू मध्ये एक हो। 

मुम्बई विश्वविद्यालयका उपकुलपति प्रा। सुहाष पेड्नाकरका अनुसार यहाँ नेपाली विद्यार्थीका रोजाईका विषयहरू पठनपाठन हुने गर्छ। 

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै उनले भने, ुमुम्बई विश्वविद्यालय विश्व स्तरका सुविधाहरू सिर्जना गर्न र कायम राख्न प्रतिबद्ध छ। अहिलेसम्म जति नेपाली विद्यार्थीले यहाँबाट उच्च शिक्षा हासिल गरेका छन्, उनीहरू यस विश्वविद्यालयका ब्रान्ड एम्बेसडरका रूपमा रहेको पाएका छौं।ु

मुम्बई विश्वविद्यालय अन्तर्गत हाल ५६  विभागसहित १२ विशेष केन्द्रहरू, ७८१ सम्बद्ध कलेजहरू, २ मुख्य क्याम्पसलगायत ‘स्कुल अफ इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस’ सञ्चालनमा रहेको विश्वविद्यालयका नेपाल प्रतिनिधि तथा प्रमुख एम्बेसडर जीतेश नौलखाले जानकारी दिए। उनका अनुसार मुम्बई विश्वविद्यालयमा नेपाली युवा विद्यार्थीको पछिल्लो समय आकर्षण बढ्दो छ। 

नेपाली विद्यार्थी सहित सार्क मुलुकका विद्यार्थीका लागि मुम्बई विश्वविद्यालयमा सस्तो शुल्क पर्छ। यसबाहेक विश्वविद्यालय विभिन्न छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ।