भारत लगातार दोस्रोपटक एसियन कपमा छनोट

२ बर्ष अघि

२0७९ जेष्ठ ३१ मंगलवार

भारत लगातार दोस्रोपटक  एसियन कपमा छनोट

एजेन्सी । भारतीय फुटबल टोली लगातार दोस्रो पटक एएफसी एसियन कपमा छनोट भएको छ । प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले हराउँदा भारतले यो अवसर पाएको थियो । सन् २०२३ को एएफसी एसियन कपका लागि छनोट हुनुअघि भारतले २०१९, २०११, १९८४ र १९६४ मा पनि प्रतियोगिताको लागि छनोट भएको थियो। तर यो पटक ऐतिहासिक छ किनभने भारत लगातार दोस्रो पटक यस प्रतियोगिताको लागि छनोट भएको हो ।