उखु र चिनीको मूल्य निर्धारण र नियन्त्रणको जिम्मा उद्योग मन्त्रालयको हो स् मन्त्री यादव

२ बर्ष अघि

२0७९ जेष्ठ ३१ मंगलवार

उखु र चिनीको मूल्य निर्धारण र नियन्त्रणको जिम्मा उद्योग मन्त्रालयको हो स् मन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले उखु र चिनीको मूल्य निर्धारण तथा नियन्त्रणको क्षेत्राधिकार कृषि मन्त्रालयको नभएर उद्योग मन्त्रालयको भएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभामा जारी विनियोजित बजेटमाथिको छलफलमा उठेको प्रश्नमा जवाफ दिँदै मन्त्री यादवले अनुदानको विषय मन्त्रालयसँग जोडिएपछि मूल्य निर्धारण र नियन्त्रणको जिम्मा उद्योग मन्त्रालयको नै भएको बताए । यद्यपि, आवश्यक समन्वयको अभावमा भूमिकामा समस्या आइरहेको बताए ।