चट्याङ लागेर खानेपानी अबरुद्ध, ८० परिवार खानेपानीबाट बञ्चित

६ बर्ष अघि

२0७५ भाद्र ३0 शनिबार

चट्याङ लागेर खानेपानी अबरुद्ध, ८० परिवार खानेपानीबाट बञ्चित

गणेशसिह धामी, भाद्र ३० दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर सात देवथलीमा रहेको बसेडी देबथली पम्पीङ खानेपानी योजनाको सोलार प्यानलमा चट्याङ लागेपछि खानेपानी पुर्ण रुपमा  अबरुद्ध भएको छ । भाद्र २८ गते दिउँसो ४ बजेतीर चट्याङ लागेर शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँज भन्दा एक किलोमिटर माथि रहेको दोश्रो नम्बरको सोलार सिस्टममा पुर्ण रुपमा क्षती भएको हो ।
चट्याङका कारण १ सय ६० वाटका १५ सोलार पाता, इन्भटर, व्याट्री लगायतका उपकरणमा क्षती भएको छ।

११ सय ५५ मिटर उचाईमा सोलार पम्पीङबाट पानी तानेर बनाएको योजना सम्पन्न नहुँदै चट्याङ लागेपछि खानेपानी पुर्ण रुपमा अबरुद्ध भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिनुभयो । देबथली क्षेत्रका ८० परिवारका लागि खानेपानी सेवा दिनका लागि लागु भएको योजनामा मुहान देखि देवथली सम्म चारवटा ट्याङ्की निर्माण गरिएका छन् भने ८५ धारा बन्न बाँकी रहेका छन् । बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रका ४५ लाख र खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयको २५ लाख रुपैँया गरी ७० लाख रुपँैयामा लागतमा २०७४ जेठमा खानेपानी देवथलीमा पु¥याईएको थियो ।
२०७३ माघ २१ गते सिलान्यास गरिएको उक्त खानेपानी योजनाको काम सम्पन्न हुन  नपाउँदै खानेपानी बन्द भएपछि देवथली क्षेत्रका स्थानीयलाई फेरी समस्या भएको छ । पानी बोक्न दुई अढाई घण्टा हिडेर मौरिभिटा वा खोल्टे मुहानबाट पानी बोक्नु पर्ने बाध्यता रहेको स्थानीय मनीराज जोशीले बताउनु भयो । 


चट्याङले खानेपानीमा झण्डै ३३ लाख बराबरको क्षती भएको प्रहरी चौकी मालिकार्जुनबाट गएको प्रहरी टोलीले मुचुल्का .तयार पारेको छ । आजै दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य मालिकार्जुन पुगेका सन्र्दभमा स्थानीयले प्रमुख जिल्ला अधिकारीसँग पनि खानेपानीको क्षतीको अवस्थाका बारेमा जानकारी गराएका छन् ।