सुनको भाउ १ हजार ८ सय रुपैयाँले घट्यो

२ बर्ष अघि

२0७९ जेष्ठ ३१ मंगलवार

सुनको भाउ १ हजार ८ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ आज एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १ हजार ८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।