पश्चिम सेती निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय

२ बर्ष अघि

२0७९ जेष्ठ २९ आईतवार

पश्चिम सेती निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय

काठमाण्डौं । पश्चिम सेती जलाशाययुक्त जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय भएको छ । गत सोमबार बसेको लगानी बोर्डको बैठकले ७५० मेगावाट क्षमताको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको हो । 

सरकारले पश्चिम सेतीको मोडालिटी तय गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन बनाउन सुझाव समिति गठन गरेको थियो । 

समितिले बुझाएको प्रतिविदेनको आधारमा आयोजनालाई अघि बढाइएको बताइएको छ। पश्चिम सेती सुरुमा अस्ट्रेलियन कम्पनी स्मेकले बनाउने जिम्मा लिएको थियो । तर, वर्षौं होल्ड गर्दा पनि लगानी जुटाउन नसकेपछि २०६८ साउनमा सरकारले स्मेकको इजाजत रद्द गरेको थियो ।  यो आयोजना निर्माण लागत सुरुमा १ खर्ब ५० अर्बको गरिएको थियो ।