दार्चुलामा बाल दिवस कार्यक्रम

६ बर्ष अघि

२0७५ भाद्र २९ शुक्रबार

दार्चुलामा बाल दिवस कार्यक्रम

दृष्टीकोण समाचार, २९ भाद्र दार्चुला । राष्ट्रिय बालदिवसको अवसरमा महाकाली नगरपालिकाको आयोजनामा बाल दिवस विभिन्न कार्यक्रम गरी दार्चुलामा पनि मनाइएको छ ।  प्रमुख जिल्ला अधिकारी खुमकान्त अधिकारी खुमकान्त आचार्यको अध्यक्षता एवं प्रदेश नम्बर सातका उपसभामुख निर्मला जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको छ ।  बाल दिवस कार्यक्रममा प्रदेश नम्बर सातका सरकारका मुख्य न्यायाधिबक्ता कुलानन्द उपाध्याय तथा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीर बहादुर कार्की विशिष्ट अतिथी रहेका थिए । 
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उपसभामुख जोशीले दार्चुलाको विभिन्न ठाउँमा प्राबिधिक शिक्षा सञ्चालनका लागि पहल चालिरहेको बताउनु भयो । सात नम्बर प्रदेशमा बालबालिकाको शिक्षालाई जिवन उपयोगी बनाउन प्रदेश सरकारमा छलफल भईरहेको र प्रत्येक विद्यालयमा विषयगत शिक्षकको साथसाथै खेल शिक्षक, कलासम्बन्धी शिक्षक हुनु अहिलेको आवस्यकता रहेको बताउनुभयो । सुखि नेपाली समृद्धि नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने मुल नाराका साथ शुक्रबार दार्चुलामा आयोजना गरिएको बाल दिवसमा बोल्दै प्रदेश नंंं.७ का मुख्य न्याधिबक्ता कुलान्नद उपाध्यायले बालअधिकारको नयाँ नीति अनुसार नेपालको संविधानमा उल्लेखित अन्तर्राष्ट्रिय महासन्धिहरुले अंगीकार गरेका कुरा पनि नेपालको कानुनले समेट्ने प्रयास गरेको बताउनु भयो । बाल दिवस मनाईरहदा अझैपनि धेरै बालबालिकाहरु गरिबिका कारण शिक्षाबाट बञ्चित रहेको जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीले बताउनु भयो ।
बालबालिकाको हरेक क्षेत्रमा विकासका लागि अभिभावक, शिक्षक तथा आम समुदायको दायित्व एउटै भएकाले बालबालिका खुसि रहेमा मात्रै देशको भविष्य खुसी र सुखी हुने धारणा राख्नु भयो । कार्यक्रममा विभिन्न विद्यालयले साँस्कृति झलक प्रस्तुत गरेका थिए ।