व्याँसबाट डाँफेको चल्ला सहित एक जना पक्राउ

२ बर्ष अघि

२0७९ जेष्ठ २३ सोमबार

व्याँसबाट डाँफेको चल्ला सहित एक जना पक्राउ

दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ मा स्यान्दरमा डाँफेको चल्लासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार दिउँसो यार्स संकलन गरि घर फर्किएका दुँहु गाउँपालिकाका वडा नम्बर ४ का २६ वर्षीय खगेन्द्रसिह कार्कीसँग डाँफेका ३ वटा चल्ला भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो प्लास्टिकको डिब्बामा राखेर चल्ला ल्याईरहेको अवस्थामा कार्कीलाई अस्थाई प्रहरी पोष्ट दुम्लिङबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले आवश्यक कारबाहीका लागि अपिनम्पा संरक्षण क्षेत्र दुम्लिङ पोष्टलाई बुझाएको छ ।