महाकाली नदीमा जलमापन यन्त्र जडान

२ बर्ष अघि

२0७९ जेष्ठ २२ आईतवार

महाकाली नदीमा जलमापन यन्त्र जडान

दार्चुला ।  महाकाली नदिमा आइतबार जलमापन यन्त्र जडान गरिएको छ । मनसुन सुरु भएसंगै बर्षातको समयमा नदीको जलस्तर मापन गर्नका जिल्लाको महाकाली नगरपालिका–९ दत्तुमा आधुनिक जलमापन यन्त्र जडान गरिएको हो ।

जल तथा मौसम विज्ञान केन्द्र अत्तरियाका कार्यालय प्रमुख गोविन्द झा नेतृत्वको टोलीले तीन दिन लगाएर जलमापन यन्त्र जडान गरेको जनाइएको छ । महाकालीका संगै चौलानी नदीमा समेत जलमापन यन्त्र जडान गरिने बताइएको छ ।