कात्तिक अन्तिममै चुनाव गराउने प्रधानमन्त्री देउवाको प्रयास

२ बर्ष अघि

२0७९ जेष्ठ २0 शुक्रबार

कात्तिक अन्तिममै चुनाव गराउने प्रधानमन्त्री देउवाको प्रयास

काठमाडौँ ।  स्थानीय चुनावबाट उत्साहित सत्ता गठबन्धन संसदीय निर्वाचनको छलफलमा लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिममै निर्वाचन गर्ने मनस्थितिमा छन् यद्यपि कांग्रेसभित्रकै कतिपय नेताहरूले संसद्को कार्यकाल फागुनसम्म भएको तर्क गर्दै हतार नगर्न सुझाव दिएका छन् । यो पनि समाचार पढ्नु होला – असार अन्तिम साता भ्रमण गर्ने गरी तयारी सुरु, देउवाको भ्रमणअघि प्रधानसेनापति शर्मा वासिङ्टन डीसी जाँदै संसद्को चुनाव पाँच वर्षअघि १० र २१ मंसिरमा भएको थियो भने आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागुनमा मात्र दिएको थियो । संसद् सदस्यहरूले फागुन २० मा मात्र शपथ लिएकाले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भन्नेमा कांग्रेसकै नेताहरू एकमत छैनन् । कांग्रेसकै कतिपय नेताहरू फागुनमा मात्र निर्वाचन गराउनुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भने यथासक्य छिटो गर्ने पक्षमा छन् ।

 

स्थानीय तह निर्वाचनमा टिकट वितरणमा अन्याय भएको भन्दै स्थानीय नेताहरू आक्रोशित भएकाले तत्कालै निर्वाचनमा गए अन्तर्घात हुने भन्दै कांग्रेस नेताहरू सजग छन् । ‘कुलिङ पिरियड’ राखेर फागुनमा निर्वाचनमा जानु उपयुक्त हुने उनीहरूको सुझाव छ । कांग्रेस नेता पौडेलले पार्टीभित्रका केही नेताहरू फागुनमा मात्र निर्वाचन गराउन इच्छुक भए पनि गठबन्धन कात्तिक वा मंसिरमै निर्वाचन गराउन तयार रहेको बताए । ‘औपचारिक बैठकमा कसैले पनि निर्वाचन ढिला गर्नुपर्छ भनेको छैन । तर, यसमा प्रधानमन्त्रीकै भूमिका प्रमुख हुन्छ,’ सोमबार बालुवाटारमा बसेको बैठकको प्रसंग उल्लेख गर्दै नेता पौडेलले भने ।