तराईका जिल्लामा गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिन आग्रह

२ बर्ष अघि

२0७९ जेष्ठ १९ बिहीबार

तराईका जिल्लामा गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिन आग्रह

कैलाली ।  एक हप्तायता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।  हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन सुरु भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ । ुअझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको छु, उहाँले भन्नुभयो । 

कैलालीमा यस वर्ष सबैभन्दा बढी गर्मी गएको वैशाख १३ गते रेकर्ड भएको छ । त्यो दिन कैलालीको अधिकतम तापत्रलम  ४० दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो भने अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस हाराहारी छ । गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरी बताउनुहुन्छ । ुअझै केही दिन तापक्रम बढ्छु, उहाँले भन्नुभयो । 

गर्मीको समयमा जाडोको तुलनामा शरीरलाई हानी पुर्याउने जीवाणु बढी सक्रीय हुने भएकाले विभिन्न रोगको सङ्क्रमण हुनसक्ने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका डा संवाद खरेल गर्मीका कारण धेरै समस्या देखिन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुहुन्छ । ुदिउँसो घाममा सकेसम्म नहिँडौँ, हिँड्नै परे पनि शरीरको सुरक्षा हुने खालका उपाय अपनाएर हिँडौँ, पानी पर्याप्त पिउने वा पानी बढी पाइने खानेकुरा बढी खानुपर्छु, उहाँले भन्नुभयो । लापरबाही गरे यो समयमा विभिन्न सरुवा रोग वा अन्य दीर्घरोगको जोखिम रहने उहाँको भनाइ छ । 

गर्मीमा वयस्क नागरिकभन्दा बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहार गर्नुपर्ने डा। खरेल बताउनुहुन्छ । ुयो समयमा अस्पतालमा बिरामी बढेका छन् । बिरामीमा बालबालिका र ज्येष्ठ नागरिक बढी छन्ु, उहाँले भन्नुभयो।