संघीय सरकारबाट दार्चुलाका कुन स्थानीय तहमा कति बजेट ?

२ बर्ष अघि

२0७९ जेष्ठ १९ बिहीबार

संघीय सरकारबाट दार्चुलाका कुन स्थानीय तहमा कति बजेट ?

दार्चुला । दार्चुलामा संघीय सरकारको अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्तर्गत सबैभन्दा बढी महाकाली नगरपालिकामा बजेट आएको छ । संघिय सरकारले जेठ १५ गते ल्याएको बजेट अनुसार दार्चुला जिल्लाका ९ वटै स्थानिय तहका लागि ३ अर्व १६ करोड १३ लाख बजेट पाउने भएको छ  । जिल्ला स्थित रहेका ९ वटै स्थानिय तहमा नेपाल सरकारले बजेट सिलिङ पठाएको छ । ९ वटा स्थानिय तहमध्ये सवैभन्दा धेरै जिल्ला सदरमुकाममा रहेको महाकाली नगरपालिकाले पाएको छ भने सबैभन्दा न्युन अपिहिमाल गाउँपालिकाले पाएको छ । महाकाली नगरपालिकाले ४५ करोड ५८ लाख बजेट प्राप्त गरेको  छ भने अपिहिमाल गाउँपालिकाले २२ करोड ८१ लाख बजेट प्राप्त गरेको छ ।

महाकाली नगरपालिकाले समानिकरण अनुदान अन्र्तगत १४ करोड ७५ लाख,सर्शत अनुदान २७ करोड ४३ लाख,समपुरक अनुदान १ करोड ४० लाख र विशेष अनुदान २ करोड पाएको छ । त्यस्तै अपिहिमाल गाउँपालिकाले समानिकरण अनुदान तर्फ ८ करोड ९ लाख,सर्शत अनुदान १० करोड ७२ लाख, समपुरक अनुदान ५० लाख र विशेष अनुदान ३ करोड ५० लाख वजेट प्राप्त गरेको छ । त्यस्तै शैल्यशिखर नगरपालिकाले जम्मा ४४ करोड ८८ लाख बजेट पाएको छ । जसमा समानीकरण अनुदान तर्फ १४ करोड ५२ लाख,सर्शत अनुदान २७ करोड ५६ लाख, समपुरक अनुदान ८० लाख र विशेष अनुदान २ करोड रहेको छ । 

 

 मार्मा गाउँपालिकाले जम्मा ३५ करोड ११ लाख बजेट पाएको छ । जसअन्र्तगत समानीकरण अुनदानतर्फ ११ करोड ५९ लाख, सशर्त अनुदानतर्फ १६ करोड ५८ लाख,समपुरक ७० लाख र विशेष अनुदानतर्फ ६ करोड २४ लाख रहेको छ । त्यस्तै नौगाड गाउँपालिकाले ३२ करोड २३ लाख बजेट पाएको छ । जसमध्ये समानीकरण अनुदान तर्फ ११ करोड ६६ लाख, सशर्त अनुदान १७ करोड ७ लाख, समपुरक अनुदान २ करोड र विशेष अनुदानतर्फ १ करोड ५० लाख बजेट रहेको छ ।  त्यसैगरि लेकम गाउँपालिकाले ३५ करोड ३० लाख बजेट पाएको छ । जसमध्ये समानीकरण अनुदान ११ करोड ५७ लाख, सशर्त अनुदान २१ करोड १३ लाख,समपुरक अनुदान १ करोड २० लाख र विशेष अनुदान १ करोड ४० लाख रहेको छ । 

 


त्यस्तै वडाको आधारमा सवैभन्दा ठुलो मालिकार्जुन गाउँपालिकाले ४० करोड ८८ लाख बजेट पाएको छ । जसमा समानीकरण अनुदान १२ करोड ४ लाख,सशर्त अनुदान २३ करोड १४ लाख, समपुरक अनुदान २ करोड र विशेष अनुदानतर्फ ३ करोड ७० लाख बजेट पाएको छ । पाँच वडासंख्या रहेको दुहु गाउँपालिकाले २६ करोड ९१ लाख बजेट पाएको छ । जसमध्ये समानीकरण अनुदानतर्फ ९ करोड ९२ लाख,सशर्त अनुदान अन्र्तगत १३ करोड ९९ लाख,समपुरक अनुदान ८० लाख र विशेष अनुदान २ करोड रहेको छ । त्रिदेशिय सिमामा रहेको ब्यास गाउँपालिकाले ३२ करोड ४३ लाख बजेट पाएको छ । जसमध्ये समानीकरण अनुदानतर्फ ९ करोड ६८ लाख,सशर्त अनुदानतर्फ १५ करोड ५५ लाख,समपुरक अनुदान ३ करोड ४० लाख र विशेष अनुदान ३ करोड ८० लाख बजेट प्राप्त गरेको छ ।