बिरामीलाई दुध खुवाउदै मनायाे विश्व दुध दिवस

२ बर्ष अघि

२0७९ जेष्ठ १८ बुधबार

बिरामीलाई दुध खुवाउदै मनायाे विश्व दुध दिवस

दार्चुला । दूध तथा दुग्ध जन्य पदार्थको नियमित सेवन बाट विभिन्न रोगहरु संग लड्ने क्षमता दुधमा हुने भएकाले नियमित दुध सेवन गर्न सबैलाई आग्रह समेत गरेका छन । दुधको सेवनबाट स्वच्छ र स्वस्थ्य रहनमा सहयोग पुग्ने भएकाले हरेक नागरिकले दुध सेवनमा ध्यान दिनु आवश्यक रहेको महाकाली नगरपालिकाका नगर प्रमुख नरसिह चौसिरले भनाई छ । बिरामीलाई र बालबालीकालाई अझ बिहान र बेलुका दुध खुवाउनु पर्ने भएकाले सबै नागरिकले दुधको सेवानमा ध्यान दिनु भनि दार्चुलामा पनि विश्व दुध दिवस मनाएको नेपाल डेरी एसोशेषनका केन्द्रीय सदस्य प्रकाश सिह सामन्तले बताउनु भयो ।

 

यस वर्ष दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन भन्ने मुल नारासहित विश्व दुध दिवस महाकाली नगरपालिका दार्चुला र नेपाल डेरी एसोशेषन सुदुरपश्चिम प्रदेशको संयुक्त आयोजनामा मनाएका छन । बिश्व दुध दिवसको अवसरमा जिल्ला अस्पताल दार्चुलामा रहेका बिरामीलाई दूधपान गरि बिश्व दुध दिवस मनाइएको छ ।  अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्कर्मीलाई दूध पान कार्यक्रमको आयोजना गरि  दिवस मनाइएको हो ।

 

 आम नागरिकलाई दुधको चेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएकाले विद्यालयका प्रत्येक बालबालिकाहरुका अभिभावकहरुलाई चेतना दिनु आश्यक रहेको महेन्द्र नमुना मावि खंलंगा दार्चुलाका प्रध्यानाध्यापक राम दत्त जोशीले बताउनु भयाे । विश्वमा दुध दिवस २००१ बाट मनाउन थालिएको भए पनि नेपालमा भने सन २०११ बाट यो दिवस मनाउने गरिएको छ । बुधबार दार्चुला जिल्लामा पनि अस्पतालका विरामी र छात्रबासमा बस्ने बालबालिकाहरुलाई दुधपान कार्यक्रमको आयोजना गरि दिवस मनाएका छन । कार्यक्रममा महाकाली नगरपालिकाका नगर उप प्रमुख दुर्गा कुमारी खत्री विष्ट,स्वास्थ्यकर्मी,संञ्चारकर्मी लगायत सरोवकारवालाहरुको सहभागिता रहेको थियो ।