एमसीसी र संघीयता खारेज गर्नुपर्छ दुर्गा पौडेल

२ बर्ष अघि

२0७९ जेष्ठ १८ बुधबार

एमसीसी र संघीयता खारेज गर्नुपर्छ  दुर्गा पौडेल

काठमाडौ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् । बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद पौडेलले देशको आर्थिक विकासका लागि विदेशी सहयोग र अनुदान स्वीकार गर्न सकिने तर त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाधिनता, स्वभिमान र राष्ट्रिय अर्थतन्त्रलाई ख्याल गर्नुपर्ने बताइन् ।  

‘बृहद राष्ट्रिय हितमा आँच नआउने कुरामा हामीले ध्यान दिनुपर्छ तर एमसीसीबाट देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र बृहद राष्ट्रिय हितमा समेत गम्भीर आँच पुग्ने भएकाले त्यसलाई खारेज गरेर जानुपर्नेमा जोड दिन्छौ’, उनले भनिन्, ‘अन्यथा दुरगामी र दुष्परिणाम हुनेछन् ।’


साथै उनले मुलुकका लागि संघीयता आर्थिक बोझ भएकाले संघीयता समेत खारेज गर्नुपर्ने धारणा राखिन् ।