संविधान दिवसको अवसरमा के—के हुँदैछ दार्चुलामा !

६ बर्ष अघि

२0७५ भाद्र २८ बिहीबार

संविधान दिवसको अवसरमा के—के हुँदैछ दार्चुलामा !

दृष्टीकोण समाचार, भाद्र २८ दार्चुला । आगामी असोज ३ गते परेको संविधान दिवसको अवसरमा दार्चुलामा विभिन्न कार्यक्रम गरी भव्यताका साथ संविधान दिवस मनाईने भएको छ । संविधान दिवस मनाउने सन्दर्भमा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको संयोजकत्वमा रहेको मूल आयोजक समितिको विहिबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
असोज २, ३ र ४ गतेका दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सन्दर्भमा सर्वपक्षिय बैठकले असोज २ गते विहान दार्चुला सदरमुकाम क्षेत्रमा सरसफाई गर्ने भएको छ । जिल्ला सदरमुकामको मूख्य बजार, बंगावडग र गल्फै बजारमा विहान सरसफाई गर्ने र सबै सरकारी कार्यालयहरुले आ—आफ्नो कार्यालयमा सरसफाई गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी बेलुकी जिल्ला अस्पताल दार्चुलामा रहेका बिरामीहरुलाई फलफुल वितरणको कार्यक्रम रहेको छ । ३ गते संविधान जारी भएको दिन विहान प्रभात फेरी गर्ने र खुल्लामञ्चमा आमसभा कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ । यसका अतिरिक्त ‘समृद्ध नेपाल निर्माणका लागि संविधानको महत्व’ विषयक निबन्ध प्रतियोगिता सञ्चालन गरीने छ भने बेलुकी दिपावली गरिने छ । संविधान कार्यान्वयनको बारेमा जिल्ला स्थित सञ्चार माध्यमहरुले परि संम्बाद कार्यक्रम आयोजना गर्नेगरी संविधान दिवस मनाइने निर्णय बैठकले गरेको छ ।