महाकालीमा जलमापन यन्त्र जडान गरिँदै

२ बर्ष अघि

२0७९ जेष्ठ १८ बुधबार

महाकालीमा जलमापन यन्त्र जडान गरिँदै

दार्चुला । दार्चुलाको महाकाली नदीमा जलमापन यन्त्र जडानको कार्य थालिएको छ । नेपाल–भारतको पश्चिमी सीमा नाका छुट्याउने उक्त नदीमा जलमापन यन्त्र जडानको काम थालिएको हो।  जलमापन यन्त्र जडानको लागि टोली दार्चुला पुगेको छ । महाकालीमा जलमापन यन्त्र जडान भएपछि जलस्तरको अवस्था काठमाडौंबाटै पनि हेर्न सकिने अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागका कार्यालय प्रमुख गोविन्द झाले बताए । तीनदिन भित्र जलमापन यन्त्र जडान गरिसकिने उनले बताए ।