दुईदिने बिदाको प्रभाव ः सेवाग्राहीको भीड बढ्न थाल्यो दार्चुला प्रशासन

२ बर्ष अघि

२0७९ जेष्ठ १८ बुधबार

दुईदिने बिदाको प्रभाव ः सेवाग्राहीको भीड बढ्न थाल्यो दार्चुला प्रशासन

दार्चुला । सरकारले हप्ताको दुई दिन बिदा दिन थालेपछि सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड बढ्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा पहिलेको तुलनामा आजभोली निकै भीड बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी हेमन्ती साउदँले बताउनु भयो ।

दुईदिन बिदा भएपछि सेवाग्राहीको भीड बढदै गएको उहाँले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचय पत्र बनाउने ई—पासर्पोट बनाउने देखि लिएर अन्य सेवाका लागि पुग्नेहरुको भीड बढेपछि रातिको समयमा समेत सेवा दिने गरिएको सूचना अधिकारी साउदले जानकारी दिनुभयो । 

 जिल्ला प्रशासन कार्यालयमा सेवाका लागि पुगेका नागरिकहरुले सेवा प्राप्त गरेर मात्रै फर्किउन भन्ने उद्देश्यले रातिको समयमा समेत सेवा दिन थालिएको सूचना अधिकारी साउदँले बतानुभयो । उनले भने ‘सेवाग्राहीहरुलाई जसरी पनि सेवा प्राप्त होस भन्ने हाम्रो उद्देश्य छ । त्यसैले कार्यालय समय बाहेक पनि हामीले सेवा दिने गरेका छौं । 

बिदाको दिन पनि अति आवश्यक सेवा प्राप्त गर्ने सेवा ग्राहीलाई  प्राथमिकतामा राख्ने गरेको बताईको छ । जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समयमा सेवाग्राहीहरुको भीड बढदै गएको छ । हप्तामा ५ दिन मात्रै कार्यालय सञ्चालन हुने भएकाले सेवाग्राहीको चाप बढेको उनको भनाई छ ।