हुम्लाकी सांसदको एमाले अध्यक्ष ओलीलाई चुनौती समय देउ, सिमा मिचेको फोटो नै देखाएर प्रमाणित गरिदिन्छु

२ बर्ष अघि

२0७९ जेष्ठ १६ सोमबार

हुम्लाकी सांसदको  एमाले अध्यक्ष ओलीलाई चुनौती  समय देउ, सिमा मिचेको फोटो नै देखाएर प्रमाणित गरिदिन्छु

काठमाडौं । हुम्ला जिल्लाकी सांसद रंगमति शाहीले उत्तरी छिमेकी चीनले हुम्लामा सीमा नमिचेको भनेर बचाउ गर्ने प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको आलोचना गरेकी छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद शाहीले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले चीनको बचाउ गर्ने हिसाबले नमिचिएको भूमि मिचिएको छ भनेर बबण्डर मच्याइयो भनेर झुटा भाषण गरेकोमा आपत्ति जनाएकी हुन् ।

उनले ओलीलाई समय दिन आग्रह गर्दै सीमाको तस्बिर नै देखाएर कहाँ कहाँ मिचिएको छ भनेर देखाउने पनि च्यालेन्ज गरिन् ।

आफू स्थलगत अवलोकनमा गएको जानकारी गराउँदै सिंहदरबार र हेलिकोप्टरमा नदेखिएको मिचिएको भूभाग आफूले तस्बिरमार्फत देखाउने चुनौती दिइन् ।

‘हुम्ला पुगेर सीमा मिचिएको छैन भन्नुभयो । पहिला सिंहदरबारबाट मिचिएको देखिएन। अस्ति हेलिकोप्टरबाट पनि देख्नुभएनछ,’ उनले भनिन्, ‘म चुनौती दिन चाहन्छु म त्यहाँ स्थलगत भ्रमण गरेर आएको छु, म सँग फोटो छ । मैले तपाईलाई फोटो हेर्न आउन त भन्दिन । तपाईले समय दिनुहुन्छ भने म यो फोटो देखाएर कहाँ कहाँ के के भएको छ भन्ने कुरा ब्रिफिङ गर्छु । अनि त्यसपछि मात्र मलाई जवाफ दिनुहोला । हुम्ली जनतालाई जवाफ दिनुहो