स्वः नेता प्रेम सिह धामीले उठाएका मुद्धा स्थानीय स्थर देखि केन्द्रसम्म पुग्नु पर्छ 

६ बर्ष अघि

२0७५ भाद्र २८ बिहीबार

स्वः नेता प्रेम सिह धामीले उठाएका मुद्धा स्थानीय स्थर देखि केन्द्रसम्म पुग्नु पर्छ 

राम सिह धामी दृष्टिकोण समाचार भाद्र २८दार्चुला 
स्वर्गीय नेता प्रेम सिह धामीले आफ्नो देशको हितका लागी उठाएका मुद्धाहरुमा सबै देशबासिहरुले आत्मसाँथ गर्दै स्थानीय स्थर देखि केन्द्र सम्म पुग्नु पर्ने कार्यक्रमका सहभगीहरुको भनाई रहेका थियो  । 
कालापानी नेपालको मुटु हो भन्ने मुल नारका साँथ देशको विकासमा लागेका नेता धामीको २१ औँ स्मृति दिवस पश्चात बहिबार दार्चुलामा सञ्चालन गरिएको अन्तर कृर्याकायक्रममा बोलने अधिकांस बक्ताहरुले देश  र जनताको हितमाकाम गर्न सिकाउने पहिलो नेतका रुपमा स्वर्गिय प्रेम सिह धामीलाई बुझन सकिने नेकपा नेता ज्ञानेन्द्र घर्तिले बताउनु भयो । 


राष्ट्रियबादि नेता स्वर्गीय प्रेम सिह धामी र राष्ट्रियताको सवाल विषयक अन्तरकृया कार्यक्रममा सहभागी भएका मार्मा गाँउपालिका अध्यक्ष जमन सिह धामीले दश वर्षे आन्दोलन पहिलेबाटनै स्वः नेता धामीले आफ्नो देश र सिमानाका बारेमा आवाज नउठाएको भए हाम्रो राष्ट्रिवाद हराउदै जाने बताउनु भयो ।  दार्चुला जिल्लामा रहेको कालापानी नेपालको मुटु हो भनेर जिल्ला देश र विदेश सम्म कुरा उठाउदै जादा स्वः धामी प्रर्ति ठुलो चलखेल भएकै कारण हाम्रो अग्रज नेत्रीत्व हराएको र अवका दिनमा पनि सोच विचार गरेर अगाडि नबढे ठुलो दुर्घटना हुने अपिहिमाल गाँउपालिका अध्यक्ष धर्मानन्द मन्याल डियनले भन्नु भयो । 


नेपाली जनताले चुनेका जनप्रर्ति निधिहरुको माझमा पनि स्वः नेता प्रेम सिह धामीले टनकपुर सन्धि, महाकाली नदी लगायतका विषयमा कुरा उठाउदै देशबासिको हितमा काम गरेको प्रर्ति नौगाड गाँउपालिका अध्यक्ष प्रेम सिह धामीले सद्रा सुमन व्यक्त गर्दे आगामी दिनमा नेता धामीले उठाएका मुद्धामा हामी सबै दार्चुला बासि एक ढिक्का भएर लाग्न आग्रह गरेका छन । 
स्वर्गीय प्रेम सिह धामीको आस्था प्रति सबै राजनीतिक दल लगाय आम सरोकारवाला निकायहरुले वडा स्थार , गाँउपालिका नगरपालिका,  प्रदेश सरकार र केन्द्रीय सरकारले देशको हितमा आवाज उठाउनु आवस्यक रहेको नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकर सिह धामीले बताउनु भयो । साँथै कार्यक्रममा नेपाल बुदिजिवि परिसदका जिल्ला अध्यक्ष धाना धामीले हरेक बुद्धिजिवि सर्कलहरुले पनि आफ्नो देशको भुमिका बारेमा अध्ययन गरी नेपालि भुमिका बारेमा आवाज उठाउनु आवश्यक रहेकाले सवैले मिलेर जान आग्रह गरेका छन । त्यसैगरि दार्चुला सन्देश दैनिकका सम्पादक पद सिह बडालले दार्चुला जिल्लामा रहेको कालापानी, वुदयाङदि नदि लगायतका क्षेत्रका बारेमा कलम चलाएपनि अरु पक्षको साहयोग नहुने गरेकाले पनि नेपालि भुमि मिचिने क्रम न रोकीएको बताउनु भयो । प्रेम सिह धामी स्मृसत प्रर्तिस्ठानका जिल्ला अध्यक्ष किसन सिह धामीको अध्यक्षता तथा नेमपाका नेता ज्ञानेन्द्र घर्तिको प्रमुख अतिथ्यतामा सञ्चालन गरिएको अन्तकृया कार्यक्रममा विभिन्न सरोकावाला निकायका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।