पुँजी आकर्षित गर्न वैदेशिक लगानीको व्यवस्था खुकुलो, न्यूनतम सीमा दुई करोड

२ बर्ष अघि

२0७९ जेष्ठ १५ आईतवार

पुँजी आकर्षित गर्न वैदेशिक लगानीको व्यवस्था खुकुलो, न्यूनतम सीमा दुई करोड

काठमाडौ । सरकारले वैदेशिक लगानी आकर्षित गर्न विदेशी लगानीको न्यूनतम सीमा २ करोड रूपैयाँमा झारेको छ। अहिले यस्तो सीमा ५ करोड रूपैयाँ छ। आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था गरिएको बताएका हुन्।  उनका अनुसार ठूला लगानीकर्ताले प्रत्यक्ष लगानीको स्वीकृतिको माग गरेमा पूर्वतयारीका काम सम्पन्न गर्ने गरी ७ दिन भित्र प्रारम्भिक स्वीकृति दिइने भएको छ । लगानी स्वीकृति र उद्योग संचालन सम्बन्धी बाँकी प्रक्रिया ६ महिनामा पूरा गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री शर्माले जानकारी दिए।