तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

२ बर्ष अघि

२0७९ जेष्ठ १५ आईतवार

तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

काठमाडौ । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ ।  स्थानीय वासिन्दाले त्यस क्षेत्रमा विमान दुर्घटना भएको जानकारी गराएपछि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले बताए