गणतन्त्र दिवसको अवसरमा ः दार्चुला कारागारका ४ कैदीबन्दी रिहा

२ बर्ष अघि

२0७९ जेष्ठ १५ आईतवार

गणतन्त्र दिवसको अवसरमा ः दार्चुला कारागारका ४ कैदीबन्दी रिहा

दार्चुला । दार्चुला  कारागारका ४ जना कैदी बन्दी रिहा भएका छन् । १५ औ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालयले उनीहरूलाई बाँकी कैद मिनाह गरेको हो ।

कारागारका जेलर राम राज पन्तका अनुसार कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका मार्मा गाउँपालिका साविकको सितोला गाविसका नरेन्द्र सिह महर ,कर्तव्य ज्यान मुद्दाकै द्धय दुुहुँ गाउँपालिका साविकको धारि गाविसका इन्द्र बहादुर बम र पुरन सिह कार्कीलाई कैद मिनाह गरेको जेलर पन्तले जानकारी दिनु भएको छ ।

यस्तै मालिकार्जुन गाउँपालिका वडा नं २ भगवतीका बहुविबाह मुद्दाका महेश सिह धामीलाई कैद मिनाह गरेको कारागार दार्चुलाले जनाएको छ । दुहुँ गाउँपालिकाका इन्द्र बहादुर बम २०७०–४–२३ गते कारागार चलान भएका हुन भने पुरन सिह कार्की पनि २०७०–४–२३ गते नै कारागार चलान भएका हनु मार्मा गाउँपालिका साविको सितोला गाविसका नरेन्द्र सिह महर २०६८–६–२९ गते कारागार चलान भएको जेलर पन्तले बताए । 

जिल्लाको मालिकार्जुन गाउँपालिकाका भगवतीका महेश सिह धामी २०७८–५–२ गते बहुविबाह मुद्धामा कारागार चलान भएका थिए । सरकारले गणतन्ण दिवस ,प्रजातन्त्र दिवस, दसैंतिहार लगायत चाडवाडका अवसरमा असल चालचलन भएका तथा ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेकालाई कैद मिनाह गरेर रिहा गर्दै आएको छ । सो अनुसार आइतबार १५ औ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालयले उनीहरूलाई बाँकी कैद मिनाह गरेको कारागार कार्यालय दार्चुलाले जनाएको छ । 

गृहमन्त्रालयले ५० प्रतिशत कैद सजाय भुक्तान गरेका, आचरण सुधार गरेका, नकारात्मक गतिविधिमा संलग्न नभएका, चालचलन सुधार गरेका कैदीलाई सजाय मिनाह गर्ने मापदण्ड बनाएको छ । सोही अनुरुप कैदीले कैद छुट पाउने गरेका छन । गणतन्त्र दिवसको अवसरमा देशभर ८ सय ३४ जना कैदीबन्दीको बाँकी कैद मिनाहा भएको छ ।