मालिकार्जुन गाउँपालिकाका हरेक विद्यालयमा योग शिक्षा लागु हुदैँ

२ बर्ष अघि

२0७९ जेष्ठ १५ आईतवार

मालिकार्जुन गाउँपालिकाका हरेक विद्यालयमा योग शिक्षा लागु हुदैँ

दार्चुला । मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभरीका हरेक विद्यालयमा योग शिक्षा कार्यक्रम लागू गर्ने भएको छ । बालबालिकालाई स्वस्थ्य तन्दुरुस्त राख्न विद्यालय तहमै योग शिक्षा दिइने लागेको हो ।  मालिकार्जुन गाउँकार्यपालिका अध्यक्ष हिरासिह धामीको अध्यक्षतामा बसेको पहिलो बैठकले विद्यालयमा योग शिक्षक व्यवस्थापन गर्ने निर्णय गरेको छ । योगमार्फत नैतिक शिक्षा दिनेविद्यालय तहमा योग शिक्षक व्यवस्थापन गर्न लागिएको हो ।उहाँले गाउँपालिकाभित्र रहेका मौजुदा शिक्षकलाई योग शिक्षकको रुपमा व्यवस्थापन गरिने अध्यक्ष धामीको भनाई छ । यस्तै गाउँपालिकाका विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर संचालन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले गाउँपालिकाभित्र तत्कालै गेटा आखा अस्पतालसँगको सहाकार्यमा आँखा शिविर सञ्चालन गरिने निर्णय गरिएको छ