६० वर्षमाथिका एकल पुरुषहरुलाई जीवन निर्वाह भत्ता

२ बर्ष अघि

२0७९ जेष्ठ १५ आईतवार

६० वर्षमाथिका एकल पुरुषहरुलाई जीवन निर्वाह भत्ता

र्चुला । मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक वर्षबाट गाउँपालिकाभरीका ६० वर्षमाथिका एकल पुरुषलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मालिकार्जुन गाउँकार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभरी रहेका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो ।  सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन उद्देश्यले एकल पुरुषलाई भत्ताको व्यवस्थापन गरिने भएको हो । यसअघि दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुष भत्ता दिने निर्णय गरेको थियो ।