कूटनीतिले सीमा विवाद सम्बोधन गर्छ, अन्य कुरा तर्क सङ्गत हुँदैन नेपाली काग्रेशका नेता प्रकाशमान सिंह

२ बर्ष अघि

२0७९ जेष्ठ १४ शनिबार

कूटनीतिले सीमा विवाद सम्बोधन गर्छ, अन्य कुरा तर्क सङ्गत हुँदैन नेपाली काग्रेशका नेता प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सीमा समस्याका सम्बन्धमा प्रतिपक्षी दलका सांसदहरुबाट उठाइएका प्रश्नप्रति सङ्केत गर्दै कूटनीतिक रुपमा सीमा विवादलाई सम्बोधन गर्ने भनेर उल्लेख भइसकेपछि त्यस विषयमा अन्य कुरा उठाइरहनु तर्क सङ्गत नहुनेमा जोड दिएका छन् ।

उनले प्रतिपक्ष दल नेकपा एमाले का संसदहरुले सीमा समस्याको कुरा सम्बोधन नभएको भन्दै संशोधनको सूचना पेश गरेका थिए ।

नेता सिंहले नागरिकताका सन्दर्भमा सहमतिका आधारमा समस्या समाधान गरिने स्पष्टरुपमा उल्लेख गरिएकाले प्रश्न गर्नुपर्ने कुरा नै नभएको बताए । उनले ३३ बुँदामा दुई वर्षभित्र अव्यवस्थित बसोबासका समस्या समाधान गरिने कुरा सकारात्मक रहेको पनि चर्चा गरे ।

बूढीगण्डकी आयोजना नेपालले गर्न नसक्ने हो ररु भन्दै उनले जोड दिए, “यस विषयमा प्रश्न उठाउनु कतिको औँचित्य छ, सोच्नुपर्छ।” नेकपा माओवादी केन्द्र का सांसद शक्तिबहादुर बस्नेतले नीति तथा कार्यक्रमका उद्देश्यहरु सकारात्मक रहेको बताए ।