तिब्बती शरणार्थी वारे चासो व्यक्त गर्दै प्रधामन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तो

२ बर्ष अघि

२0७९ जेष्ठ १४ शनिबार

तिब्बती शरणार्थी वारे चासो व्यक्त गर्दै प्रधामन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तो

काठमाडौ । हालै नेपाल भ्रमण गरेकी अमेरिकी उपमन्त्री उज्रा जियाले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा सँग भेट गरेकी थिइन् । अमेरिकी उपमन्त्री जियाले गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरेकी थियो । जिया नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार सम्बन्धी अमेरिकी उपविदेश मन्त्री हुन् ।
उपमन्त्री जियाले नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरुको मानवअधिकार र उनीहरुको सुरक्षाका बारेमा प्रधानमन्त्री देउवा सँग चासो राखेको बालुवाटार स्रोतले जनाएको छ । उपमन्त्री जिया जावलाखेल स्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण भ्रमणमा गएकी थिइन् । जियाले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तोसमेत दिएकी उच्च स्रोतले बताएको छ ।
नेपालमा बसोबास गर्दै आएका केहि तिब्बती शरणार्थीहरु सँग शरणार्थी परिचय पत्र नहुँदा उनीहरु मानव अधिकारका सामान्य अधिकारबाट समेत बञ्चित हुँदै आएको तिब्बती समूदायका अगुवाहरुले बताएका छन् । अमेरिकाले परिचयपत्र नपाएका तिब्बती शरणार्थीहरुलाई तत्काल शरणार्थी परिचय पत्र दिन राजनीतिक तथा कुटनीतिक रुपमा लबिङ गर्दै आएको छ । गत बुधबार नेपालका लागि चीनियाँ राजदूत होउ यान्छिले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर अमेरिकी उपमन्त्री जियाको भ्रमणबारे चासो राखेकी थिइन् ।
यसैबीच अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक जियाले परराष्ट्र मन्त्री नारायण खड्का सँग समेत भेटवार्ता गरेकी थियो । भेटवार्तामा नेपाल र अमेरिका कुटनीतिक सम्बन्ध, नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरुको मानवअधिकारको बारेमा छलफल भएको थियो ।