पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

२ बर्ष अघि

२0७९ जेष्ठ १२ बिहीबार

पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

काठमाडौ । सरकारले पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ । महानगर, उपमहानगर र नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने तालिम दिइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।


तालिममा पालिकाका काम, कर्तव्य र अधिकार तथा व्यावहारिक समस्या र समाधानका विषयमा जनप्रतिनिधिलाई प्रष्ट पारिने मन्त्रालयको भनाइ छ । सङ्घीय मामिला मन्त्रालय र प्रदेश सरकारसँगको सहकार्यमा तालिम हुन लागेको सूचनामा उल्लेख छ ।


प्रदेश १ र सुदूरपश्चिमका जनप्रतिनिधिलाई जेठ को २५ र २६ गते, मधेस, गण्डकी र कर्णाली प्रदेशका जनप्रतिनिधिलाई जेठ को २७ र २८ गते तथा बाग्मती र लुम्बिनी प्रदेशका जनप्रतिनिधिलाई जेठको ३० र ३१ गते तालिम दिइने मन्त्रालयले जनाएको छ ।