असोज देखि सरकारी बैंकहरुले अनलाईन सेवा दिने

६ बर्ष अघि

२0७५ भाद्र २८ बिहीबार

असोज देखि सरकारी बैंकहरुले अनलाईन सेवा दिने

सुलाेचना महता, भाद्र २८ दार्चुला । आगामी असोज महिना देखि सरकारी बैंकहरुले अनलाईनबाट सेवा सुरु गर्ने भएको छ । हाल निजी बैंकहरुले अनलाइनबाट सेवा सुविधा दिने गरेकोमा अब सरकारी बैंकले पनि अनलाईनबाट छिटो छरितो बैंकिङ सेवा दिने उद्देश्यले सरकारले यस्तो नीति ल्याएको राष्ट्रिय वाणिज्य बैंक शाखा दार्चुलाका निमित्त कार्यालय प्रमुख जगत सिंह ठगुन्नाले जानकारी दिनुभयो । हाल काठमाडौँका केही बैंकहरुमा अनलाइन बैंकिङ सेवा सुरु गरिएको छ ।
अनलाइनको माध्यमबाट घरमै बसेर बैंकिङ सेवा सुविधा लिन सकिने, बिदाको दिनमा पनि बैंकिङ काम गर्न सकिने भएको छ । अनलाइन सेवा सुरु भएपछि हाल जस्तो चेक बोक्नु पर्ने बाध्यता नरहने तथा समयको बचत हुने भएपछि ग्राहकलाई सेवा लिन सजिलो हुने छ । दार्चुला जिल्लामा सरकारी कर्मचारीहरु तथा अनलाइनमा जोडिएका व्यक्तिहरुले अनलाइनबाट बैंकिङ सुविधा लिएता पनि सामान्य लेखपढ गर्न नजान्ने र अनलाईन पहुँच बाहिर रहेकाहरु बैंकमा आउनु पर्ने स्थिति ठगुन्नाले बताएका छन् ।