विश्वभरका नेताहरुले गरे मोदीको प्रशंसा, चीन फेल हुँदा भारत पूर्ण सफल भएको निष्कर्ष

२ बर्ष अघि

२0७९ जेष्ठ १२ बिहीबार

विश्वभरका नेताहरुले गरे मोदीको प्रशंसा, चीन फेल हुँदा भारत पूर्ण सफल भएको निष्कर्ष

काठमाडौ । जापानको टोकियोमा क्वाड सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड महामारीलाई लोकतान्त्रिक तरिकाबाट सफलतापूर्वक नियन्त्रण गरेको मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन्।

बाइडेनले महामारीको सामना गर्न चीन असफल भएको र भारतले कुशलता पुर्वक सफलता निकालेको भन्दै तुलना गरेका छन । बाइडेनले मोदीको नेतृत्वमा भएको सफलताले दुनियालाई लोकतन्त्रमा जे पनि सम्भव छ भन्ने देखाएको उल्लेख गरेका छन ।

बाइडेनले चीन र रुसजस्ता निरंकुश शासक भएका देशले लोकतान्त्रिक प्रक्रियाबिना सजिलै निर्णय गरेर लागु गर्न सक्ने र तुरुन्तै सबै कुरा नियन्त्रण तथा परिवर्तन गर्नसक्ने भन्ने भ्रम भारतको उदाहरणले तोडेको पनि बताएका छन ।
त्यसैगरी अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थनी अल्बनीजले भारतले कोभिड महामारीमा विभिन्न देशलाई खोप सहयोग गरेर महामारी नियन्त्रणमा भूमिका खेलेको भन्दै मोदीको प्रशंसा गरेका थिए ।

भारतले समयमै खोप दिँदा महामारी नियन्त्रणमा सघाउ पुगेको भन्दै यस्ता सफलता विचारहरुको सैद्धान्तिक बहस जित्नु भन्दा बढी मूल्यवान भएको उल्लेख गरेका छन । जापानका प्रधानमन्त्री किशिदाले भारतको योगदानको सराहना गरेका थिए । क्वाड भ्याक्सिन इनिसएटिभ अन्तर्गत भारतबाट खोप थाइल्याण्ड र कम्बोडियामा कृतज्ञका साथ पाएको कुरा स्मरण गरेका थिए ।

उनले कम्बोडियामा प्रधानमन्त्री हुन सेन स्वयं खोप हस्तान्तरण समारोहमा सहभागी भएको पनि स्मरण गरेका थिए । जापान मा भएको क्वाड सम्मेलनमा विश्वका नेताहरुले प्रधानमन्त्री मोदीको खोप कुटनीतिको खुलेर प्रशंसा गरेका हुन् ।