भारत र चीनबाट काठमाडौं रेल ल्याउने योजनालाई निरन्तरता दिइयो

२ बर्ष अघि

२0७९ जेष्ठ १२ बिहीबार

भारत र चीनबाट काठमाडौं रेल ल्याउने योजनालाई निरन्तरता दिइयो

काठमाडौ । नेपाल सरकारले भारत र चीनबाट रेल ल्याउने योजनालाई निरन्तरता दिएको छ। राष्ट्रपति विधादेवी भण्डारी द्वारा संसद मा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले चिनियाँ सीमा रसुवागढी–केरुङबाट काठमाडौं सम्म रेल ल्याउन सम्भाव्यता अध्ययन योजना राखेको छ।
त्यसैगरी भारतको रक्सौलसँग सीमा जोडिएको वीरगन्ज हुँदै काठमाडौं रेल ल्याउनका लागि पनि सम्भाव्यता अध्ययन गर्ने नीति कार्यक्रम मा उल्लेख गरिएको छ। त्यसैगरी काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने सरकारको योजना रहेको छ।