नगर प्रमुख धामीले गरे भाडा सम्झौता रद्द सरकारी भवनबाटै सेवा प्रवाह

२ बर्ष अघि

२0७९ जेष्ठ १0 मंगलवार

नगर प्रमुख धामीले गरे भाडा सम्झौता रद्द सरकारी भवनबाटै सेवा प्रवाह

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका नव निर्वाचित मेयर विजय सिह धामीले सरकारी भवनबाटै सेवा प्रवाह गर्न थालेका छन् । 

यस अघि शैल्यशिखर नगरपालिकाले सरकारी भवन छाडेर घर भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएको थियो । 

वैशाख ३० गते सम्म भएको स्थानीय चुनावमा नेकपा एमालेका तर्फबाट विजय सिह धामी लगायतको टिम विजय भएपछि भाडाका भवनमा सेवा पदभार ग्रहणकै दिन मेयर धामीले घोषण गरेका थिए । 

यसअघि शैल्यशिखरमा नेपाली काग्रेशका अमरसिह धामी मेयर थिए । नगरपालिका बाट प्रदान गरिने सम्पुर्ण   सेवाहरु अहिले आफ्नो सरकारी भवनबाटै दिन थालेको शैल्यशिखर नगरपालिका नगर प्रमुख विजय सिह धामीले बताउनु भयो । 

नगरपालिकाको कार्यालय र वडा कार्यालय सेवा साविकको गोकुलेश्वर गाविस रहेको स्थानबाट सेवा सुरु गरेको मेयर धामीले जानकारी दिनुभयो ।

नगरपालिकाले व्यक्तिगत घरहरुको भाडा सम्झौता पनि रद्ध गरिएको जनाएको छ । नगर प्रमुख धामीले नगरपालिकको आफ्नै प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिए । 

यस्तै गोकुलेश्वर बजामा बसपार्क निर्माण र फोहर व्यस्थापनलाई पनि पहिलो प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।

गोकुलेश्वर अस्पातालमा पनि विशेषज्ञ चिकित्सक ल्याउन पनि पहल गर्ने जनाएको छ । 

पदभार ग्रहर गरे पछि जनातालाई दिएको अमुल्य मतको सदै कदर गरेर अगाडी वढने समेत बताईको छ ।