रेनु दाहाल भरतपुरको मेयर निर्वाचित

२ बर्ष अघि

२0७९ जेष्ठ १0 मंगलवार

रेनु दाहाल भरतपुरको मेयर निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेका विजय सुवेदीभन्दा १२ हजार ४४९ मत बढी ल्याएर जितेकी हुन् । रेनुले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । सुवेदीले ३९ हजार ५८१ मत ल्याए । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे । उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मत ल्याएर विजयी भए । राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत प्राप्त गरिन् । माओवादी अध्यक्ष प्रचण्डकी छोरी रहेकी रेनु भरतपुरको निवर्तमान मेयर हन् ।