दार्चुलाबाट छुटेकाे बस डाेटीमा दुर्घटना २८ जना घाँइते नामावली सहित

६ बर्ष अघि

२0७५ भाद्र २८ बिहीबार

दार्चुलाबाट  छुटेकाे   बस डाेटीमा दुर्घटना   २८ जना घाँइते   नामावली सहित

दृष्टिकाेण समाचार भाद्र २८ दार्चुला । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे ना ५ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहिबार बिहान ३ बजे डाेटीकाे गैरा नजिक छतिवनमा दुर्घटना भएकाे छ ।
बस दुर्घटनामा  २४ जना घाइते भएका छन। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको जिल्ला  प्रहरी कार्यालय डाेटीले जनाएको छ। दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको महाकाली यातायातकाे ना ५  ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे अठासीमोडमा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। बिहान ३ बजे तिर एकासि बस अनियन्त्रीत भर्इ सडकबाट करीव ६० मिटर तल खसेकाे र घार्इतेहरूकाे कैलालि जिल्लाका बिभिन्न अस्पतालहरूमा उपचार भर्इरहेकाे प्रहरीले जनाएकाे छ । 
हेर्नुहाेस चलानीकाे लिस्ट  काे काे थिए उक्त बसमा सवार