मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम पारित

२ बर्ष अघि

२0७९ जेष्ठ १0 मंगलवार

मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम पारित

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । केही समयअघि बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो।  पारित भएको  नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद् बैठकमा पेश हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छिन् ।  जेठ १० गते आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्ने संवैधानिक व्यवस्था छ भने जेठ १५ गते बजेट आउँदैछ ।