काठमाडौ । नेपाल भारत सम्बन्धमा नव प्रयोग र प्रयासहरुले ठाउँ पाईरहेको छ । यी सुखानुभुति का खबरहरुले जनतामा हर्ष उल्लासक माहौल बनाउने देखिन्छ । लुम्बिनी र भारतको कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्न नेपाल(भारत अग्रसर भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा भएको द्विपक्षीय वार्ताका क्रममा दुवै पक्ष लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्न सहमत भएका हुन्।
साथै यसको आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित स्थानीय अधिकारीहरुलाई जिम्मेवारी समेत दिइएको छ। द्विपक्षीय वार्ताका क्रममा दुई देशबीच विभिन्न ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। जसमध्ये लुम्बिनी बौद्ध विश्वविद्यालयमा डाक्टर अम्बेडकर चियर फर बुद्धिष्ट स्टडिज स्थापना गर्ने विषयमा विश्वविद्यालय र इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन ९आईसीसीआर०बीच एमओयुमा हस्ताक्षर भएको छ।
त्यस्तै, आईसीसीआर र सीएनएएस त्रिविबीच आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापनासम्बन्धी एमओयुमा हस्ताक्षर भएको छ। काठमाडौं विश्वविद्यालय र आईसीसीआर विश्वविद्यालयमा आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापना सम्बन्धी एमओयुमा हस्ताक्षर भएको छ।
काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी( मड्रास ९आईआईटी(एम० बीच एमओयु र स्नातकोत्तरमा संयुक्त कार्यक्रम सञ्चालनसम्बन्धी समझदारीसम्बन्धी पत्र हस्तान्तरण भएको छ।
त्यस्तै दुई देशबीच सतलज जलविद्युत निगम लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच अरुण चौथो परियोजना विकास तथा कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।सहज कार्यान्वयन हुन सके यी सम्झौताहरुले दुई देश बिचको सम्बंधमा नया आयाम थप्ने आंकलन गरिएको छ ।