२१ औँ प्रेमसिह धामी स्मृति मनाइयो, कालापानी अझै ओझेलमा

६ बर्ष अघि

२0७५ भाद्र २७ बुधबार

२१ औँ प्रेमसिह धामी स्मृति मनाइयो, कालापानी अझै ओझेलमा

दृष्टीकोण समाचार, भाद्र २७ दार्चुला । ‘कालापानी नेपालको मुटु हो’, ‘दार्चुलाको पीडा किन दुख्दैन सिंहदरवारलाई’ भन्ने महान बाणीका राष्ट्रबादी नेता प्रेमसिह धामीको २१ ओँ स्मृति दिवस मनाइएको छ । 
नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा खलंगा बजारमा रहेको प्रेमसिह धामीको सालिकमा माल्यार्पण गर्दै स्मृति दिवस मनाईएको हो । प्रेमसिह धामी स्मृति प्रतिष्ठानले मालिकार्जुनमा पनि विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाएको नेकपा दार्चुलाले जनाएको छ ।
२००९ सालमा दार्चुलाको मालिकार्जुनमा जन्मीएका नेता प्रेमसिह धामीको २०५४ साल भाद्र २७ गते नुवाकोटमा जिप दुर्घटनामा मृत्यु भएको थियो ।
२०४८ सालबाट प्रत्यक्ष राजनीतिमा प्रेवश गरेका धामी त्यो भन्दा पहिले नेपाल सरकारको जागिरमा शिक्षा क्षेत्रमा विद्यालय निरिक्षक थिए । २०४८ सालमा कञ्चनपुर जिल्लाबाट निर्वाचन लडेका धामी पराजित भएपछि २०४९ सालमा राष्ट्रिय सभा सदस्यमा चयन भएका थिए । 
२०५० सालमा पार्टीको पाँचौँ राष्ट्रय अधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका धामी २०५१ सालका मध्यावधिक निर्वाचनामा दार्चुला जिल्लाबाट निर्वाचित भएपछि एमाले सरकारको आवास तथा भौतिक पूर्वाधार राज्य मन्त्री बनेका थिए । राजनीतिमा सक्रिय धामी केन्द्रमा महाकाली सन्धी र कालापानीको मुद्दालाई कट्रताका साथ उठान गरेर राष्ट्रका लागि ज्यान सम्म बलिदान गर्ने एक कर्मठ निडर र कट्टरबादी राष्ट्रनेताका रुपमा परिचित छन् ।
कालापानी ओझेलमा 
राष्ट्रबादी नेता प्रेमसिह धामीले कालापानी नेपालको भूमी भारतले कब्जा गरेको प्रति बेला बेला संसद र सडकबाट आवाज उठाउने नेता हुन् । तर पछिल्लो समय कालापानीको नक्सा नेपालको नक्साबाटै हटेको पाईएको छ । यसका बारेमा दार्चुलाबाट संघिय सरकारमा प्रतिनिधित्व गर्ने सांसद गणेशसिह ठगुन्नाले यसबारेमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
अझै पनि कालापानीका बारेमा कुनै पनि नेता वा राष्ट्रले नै टड्कारो रुपमा आवाज उठाएको छैन् । अझै पनि नेपालको कालापानी भारतीय सुरक्षा निकायले कब्जामा लिएको छ ।