एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष

२ बर्ष अघि

२0७९ जेष्ठ ८ आईतवार

एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष

काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९० वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १९० वटाको प्रमुख तथा अध्यक्षमा एमालेले जित निकालेको हो । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब ५० पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । नेपाली कांग्रेसपछि एमालेले पालिकाको सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद जितेको छ । कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ, जुन एमालेकोभन्दा १२१ ले बढी हो । आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १६ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।