स्थानीय तह निर्वाचन ३११ पालिकामा कांग्रेस विजयी

२ बर्ष अघि

२0७९ जेष्ठ ८ आईतवार

स्थानीय तह निर्वाचन ३११ पालिकामा कांग्रेस विजयी

काठमाडौँ ।  स्थानीय तह निर्वाचनमा ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । नेकपा एमालेले हालसम्म १९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ । मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो ।