युरोपियनमुलुक चेक गणतन्त्रका ८ जना विदेशी दार्चुलाकाे अपिहिमाल आरोहणमा 

६ बर्ष अघि

२0७५ भाद्र २७ बुधबार

युरोपियनमुलुक चेक गणतन्त्रका ८ जना विदेशी  दार्चुलाकाे अपिहिमाल आरोहणमा 

राम सिह धामी दृष्टिकोण समाचार दार्चुला 
दार्चुला जिल्लामा रहेको अपिहिमाल आरोहणका लागी  आठ जना विदेशिहरुको टोलि बुधबार दार्चुला पुगेको छ । 
समुद्रि सदहबाट ७ हजार १ सय ३२ मिटरको उचाईमा रहेको अपिहिमाल आरोहणका लागी युरोपियन मुलुक  चेक गणतन्त्रका पिल्चोभा तावला सहित ८ जना विदेशी तथा प्रर्यटन बोर्डका अधिकृत प्रेम कुमार पन्थी र कुविर तामाङको  टोलि आज अपिहिमाल तर्फ गएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हिक्मत बोहराले जानकारी दिनु भयो । 


दार्चुला जिल्लामा रहेका विभिन्न प्रर्यटक स्थालहरुको प्रचारप्रसारमा कमि हुदा धामीक स्थल तथा हिमालहरु ओझेलमा परेको स्थानीयहरुको बुझाईरहेको छ । दार्चुला जिल्लामा रहेका शिखर होटलमा युतग्रुप दार्चुलाले  शुभयात्राको शुभकामना सहित प्रयटकहरुलाई दार्चुलामा स्वागत गरेका हुन । समग्र दार्चुला जिल्लाको प्रयटन व्यवसायको ठुलो सम्भावना रहेकाले पनि अझै प्राचार प्रसार गर्नु आवश्यक रहेका पत्रकार महासंघ दार्चुलाका जिल्ला सचिव कृष्ण सिह धामीले बताउनु भयो ।