एमालेले धेरै जित्यो मेयर र अध्यक्षभन्दा उपमेयर र उपाध्यक्ष

२ बर्ष अघि

२0७९ जेष्ठ ७ शनिबार

एमालेले धेरै जित्यो मेयर र अध्यक्षभन्दा उपमेयर र उपाध्यक्ष

काठमाडौ । वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ। शनिबार अपरान्हसम्म ६९० पालिकाको अन्तिम परिणाम आइसकेको छ। अहिलेसम्मको मतपरिणाममा ३०५ पालिकामा प्रमुख र अध्यक्ष जिते नेपाली कांग्रेस पहिलो नम्बरमा छ भने १८७ पालिकामा एमालेले जित हात पारेको छ।

२०७४ को स्थानीय तह चुनावमा एमाले देशभरिमा पहिलो दल बनेको थियो। यसपालि एमाले दोस्रोमा खुम्चिएको छ। उपमेयर र उपाध्यक्ष भने एमालले २ बढी पालिकामा जितेको छ। अहिलेसम्म ६६ पालिकामा मेयर जित्दा एमालेले १२१ पालिकाका अध्यक्षमा विजय हासिल गरेको छ।   

एमालेले ८९ पालिकामा उपमेयरमा जितेको छ भने  १२२ गाउँपालिकामा उपाध्यक्ष जितेको छ। अर्थात् एमालेले मेयर र अध्यक्षभन्दा २४ बढी पालिकामा उपमेयर र उपाध्यक्ष जितेको छ। मतपरिणाम आउन बाँकी पालिकामध्ये एमाले १८ पालिकाको प्रमुखरअध्यक्षमा अगाडि छ भने उपमेयररउपाध्यक्षमा उसको अग्रता भएका पालिका २७ वटा छन्।