न‍ेपाल आयल निगमस् पैसा तिर्न नसके पनि भारतबाट उधारोमा पेट्रोलियम पदार्थ ल्याएर बेचिँदै

२ बर्ष अघि

२0७९ जेष्ठ ७ शनिबार

न‍ेपाल आयल निगमस् पैसा तिर्न नसके पनि भारतबाट उधारोमा पेट्रोलियम पदार्थ ल्याएर बेचिँदै

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य व्यापक रूपमा बढेसँगै नेपाल आयल निगमले पछिल्लो सात(आठ वर्षमा पहिलो पटक इन्डियन आयल कर्पोरेशन आईओसी लाई आपूर्तिको पूर्ण रूपमा भुक्तानी गर्न नसकेको अधिकारीहरूले बताएका छन्। आयल निगमले प्रत्येक १५ दिनमा आईओसीलाई रकम भुक्तानी गर्ने गरेको छ।

गत मे ९ वैशाख २६० मा निगमले झन्डै २५ अर्ब रुपैयाँ तिर्नुपर्ने थियो । तर रकमको अभाव भएपछि निगमले झन्डै १२ अर्ब रुपैयाँ मात्र भुक्तानी गर्न सकेको र बाँकी १२ अर्ब ८० करोड रुपैयाँ तिर्न नसकेको निगमका अधिकारीहरूले बताएका छन्। पछिल्लो सात(आठ वर्षमा पहिलो पटक यस्तो भयो। योभन्दा अगाडि निगमको आर्थिक अवस्था यस्तो कमजोर थिएन। हामी नियमित रूपमा किस्ता तिरिरहेका थियौँ,” निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने। निगमले आगामी साता आईओसीलाई झन्डै १८ अर्ब रुपैयाव तिर्नुपर्ने छ। यसअघिको बक्यौता समेत जोड्दा झन्डै ३१ अर्ब रुपैयाँ तिर्नुपर्ने हुन्छ।

त्यसमध्ये इन्धनको विक्रीवितरण गरेर १० अर्ब रुपैयाँसम्म बजारबाट उठ्ने आकलन निगमको छ। “पूरै रकम जोहो गर्न नसक्ने भएकोले हामीले सरकारसँग अनुरोध गरिरहेका छौँ,” उपाध्यायले भने। उनका अनुसार विगतमा निगमले समयमै रकम भुक्तानी गर्न नसक्दा आईओसीले तेल आपूर्ति नै घटाइदिएको थियो। पछि सरकारी तहबाट अनुरोध गरिएपछि मात्रै अवस्था सुधार भएको थियो। ”अहिले तत्कालमा ऊ आईओसी बाट त्यस्तो केही प्रतिक्रिया त पाइएको छैन। अब भोलि के हुन्छ अहिले मैले भन्न केही सक्दिनँ,” उनले भने। बिबिसीबाट