सुदूरपश्चिममा ७ पालिकाको अन्तिम परिणाम आउन बाँकी, कहाँ कसको अग्रता

२ बर्ष अघि

२0७९ जेष्ठ ७ शनिबार

सुदूरपश्चिममा ७ पालिकाको अन्तिम परिणाम आउन बाँकी, कहाँ कसको अग्रता

धनगढी । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।


सार्वजनिक मत परिणाम अनुसार नेपाली काँग्रेसले पहिलो स्थानमा रहेको छ। उक्त पार्टीले ३६ स्थानीय तहमा जित निकालेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २४ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १४ पालिकामा प्रमुख जितेको छ। 


प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले ४, एकीकृत समाजवादीले २ पालिकामा जित निकाल्दा एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। अब प्रदेशका एक उपमहानगरपालिका र ६ नगरपालिकाको अन्तिम मत परिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ। 


नतिजा आउन बाँकी पालिका 
१० कैलालीको धनगढी उपमहानगरपालिका– स्वतन्त्रको अग्रता
२० कञ्चनपुरको पुनर्वास नगरपालिका– काँग्रेसको अग्रता
३० कञ्चनपुरको भीमदत्त नगरपालिका– काँग्रेसको अग्रता
४० कञ्चनपुरको कृष्णपुर नगरपालिका– काँग्रेसको अग्रता
५० कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– एमालेको अग्रता
६० बाजुराको बुढीगंगा नगरपालिका– मतगणना सुरु गर्नै बाँकी
७० अछामको साँफेबगर नगरपालिका– काँग्रेसको अग्रता