सुदूरपश्चिमका ८१ पालिकाको गणना सकिँदा काँग्रेस पहिलो सूचीसहित

२ बर्ष अघि

२0७९ जेष्ठ ७ शनिबार

सुदूरपश्चिमका ८१ पालिकाको गणना सकिँदा काँग्रेस पहिलो सूचीसहित

धनगढी । सुदूरपश्चिम प्रदेशका ८१ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। हालसम्म प्रदेशका ८८ मध्ये ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। सार्वजनिक मतपरिणामअनुसार नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ।


उक्त पार्टीले ३६ स्थानीय तहमा जित निकालेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २४ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १४ पालिकामा प्रमुख र अध्यक्ष जितेको छ।


५ महिना अगाडि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा चार र एकीकृत समाजवादीले दुई पालिकामा जित निकाल्दा एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।


अब प्रदेशका एक उपमहानगरपालिका र ६ नगरपालिकाको अन्तिम मतपरिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ। 


नेपाली काँग्रेस 
डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का
डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
डोटीको शिखर नगरपालिका– दीर्घ बलायर
डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा
बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम
बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी
डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी
डडेल्धुराको भागेश्वर गाउँपालिका– हेमराज चटौत
अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
अछामको पञ्चदेवल विनायक नगरपालिका– अम्बिका चलाउने
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
कञ्चनपुरको बेदकोट नगरपालिका– भोजराज बोहरा
बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
बझाङको सुर्मा गाउँपालिका–  खडक बोहरा 
बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल
कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट
कैलालीको कैलारी गाउँपालिका– राजसमझ चौधरी
कैलालीको लम्की नगरपालिकाको प्रमुख– सुशिला शाही


नेकपा एमाले 
बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर 
दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी ९लख्खाभाइ० 
बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की
डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू
बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया 
बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही
बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
बाजुराको बुढीनन्दा नगरपालिका–जनककुमार बोहरा
कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा

नेकपा माओवादी केन्द्र 
दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
बझाङको छविसपाथिभेरा गाउँपालिका– बसन्त चलाउने
अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी
कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’
कैलालीको गौरीगंगा नगरपालिका– देवीदत्त कँडेल

नागरिक उन्मुक्ति पार्टी
कैलालीको टीकापुर नगरपालिका– रामलाल डगौरा थारु
कैलालीको जोशीपुर गाउँपालिका– चित्रबहादुर चौधरी
कैलालीको भजनी नगरपालिका– शेरबहादुर चौधरी
कैलालीको जानकी गाउँपालिका– गणेश चौधरी

नेकपा एकीकृत समाजवादी
कैलालीको घोडाघोडी नगरपालिका– खडकबहादुर रावत
बझाङको केदारस्युँ गाउँपालिका – गणेश बोहरा

स्वतन्त्र 
बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी