६ सय ३५ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसकाे २ सय ८२, एमालेकाे १ सय ७५ र माओवादीको १ सय १२

२ बर्ष अघि

२0७९ जेष्ठ ६ शुक्रबार

६ सय ३५ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसकाे २ सय ८२, एमालेकाे १ सय ७५ र माओवादीको १ सय १२

काठमाण्डौ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय ३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ८ वटा नगरपालिका र ४ सय २७ वटा गाउँपालिका गरी ६ सय ३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो। 

नेपाली कांग्रेस
अहिलेसम्म नेपाली कांग्रेस २ सय ८२ वटा पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले नगरपालिकामा एक सयभन्दा धेरैमा जित हासिल गरेको छ । १ सय २ नगरपालिका र १ सय ८० गाउँपालिका गरी २ सय ८२ वटा पालिकामा कांग्रेसले मेयर तथा अध्यक्ष जितेको हो ।

यस्तै, कांग्रेसले ७७ वटा नगरपालिकाको उपमेयर र १ सय ८० वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले अहिलेसम्म २ सय ५७ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको हो। 

नेकपा एमाले
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ६० वटा नगरपालिकाको मेयर र १ सय १५ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय ७५ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै, एमालेले ७९ वटा नगरपालिकाको उपमेयर, १ सय १७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले अहिलेसम्म १ सय ९६ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । 

माओवादी केन्द्र 
नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २८ वटा नगरपालिकाको उपमेयर, ९१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १९ वटा उपमेयररउपाध्यक्ष जितेको छ । 

नेकपा ९एकीकृत समाजवादी०
नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर र ८ वटा गाउँपालिकाको अध्यक्षमा गरी जम्मा १४ वटा प्रमुखमा जितेको छ । समाजवादीले ८ वटामा उपमेयर जितेको छ ।

जसपा
जनता समाजवादी पार्टी ९जसपा० ले अहिलेसम्म १६ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १४ वटामा उपाध्यक्ष जितेको छ ।

स्वतन्त्र,अन्य दल
यस्तै स्वतन्त्र र अन्य दलले गरी ३६ वटा पालिकामा मेयररअध्यक्ष जितेका छन् । स्वतन्त्र र अन्य दलहरुले ४१ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका निर्वाचन आयोगले जनाएको छ।